निजगढको जंगलमा ३ महिने बच्चा बेवारिसे अवस्थामा फेला

                     
  नेपाल लेख   २०८० श्रावण १६, मंगलवार १७:३१

निजगढ, निजगढ नगरपालिका–१ स्थित धन्सार पुल नजिकैको जंगलमा करिब ३–४ महिनाको बालक बेबारिसे अवस्थामा फेला परेका छन् ।

बालक पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बारा–रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

जनकपुर– बीरगंज चल्ने बसका यात्रुले बच्चालाई बेवारिसे अवस्थामा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बच्चालाई बिहान जंगलमा छाडेको हुनसक्ने प्रहरी निरिक्षण श्रेष्ठले अनुमान गरेका छन् ।

बच्चालाई कलैयास्थित प्रादेशिक अस्पतामा चिकित्सकको निगरानीमा राखिएको छ । प्रहरी निरिक्षण श्रेष्ठले बच्चालाई सडकमा छोड्ने व्यक्तिको खोजी भईरहेको जानकारी दिनुभयो ।

प्रहरी निरिक्षण होविन्द्र बोगटीका अनुसार शिशु फेला परेको घटना सार्वजनिक भएलगत्तै अभिभावकत्व लिनका लागि केही व्यक्तिले चासो देखाएका छन् । पहिला अभिभावकको खोजी गरिने र अभिभावकको अवस्था पत्ता नलागेमा शिशुको पालनपोषण गर्न सक्ने व्यक्तिलाई कानुनी प्रक्रिया पूरा गरी दिन सकिने बताए

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?