बर्षाको कारण निजगढमा नालाको पानीले बगाएर ११ महिने बालकको मृत्यु

                     
  नेपाल लेख   २०८० श्रावण १३, शनिबार २२:५७

निजगढ–बाराको निजगढ–८ शहीदचोक अवस्थित साउन १३ गते आएको अविरल बर्षाको कारण नालाको पानीले बगाएर एक बालकको मृत्यु भएको छ ।

निजगढ ८ शहिदचोकमा सुनचाँखी पसल सञ्चालन गर्दै आएका सलार्हीको मलंगवामा घर भएका रितेश साहको छोरा ११ महिनाका बालक ऋषि साहको मृत्यु भएको प्रहरी निरिक्षण घनश्याम श्रेष्ठले बताउनुभएको छ ।

नालामा पानीको बहाव अत्यधिक बढेको बेलामा बालक घर अगाडी खेल्ने क्रममा पसल अगाडीको नालाभित्र पस्न पुगेको थिए ।

बालकलाई करिब ३० मिनेटपछि घरदेखि तीन सय मिटरको दुरीपर रहेको प्रभु बैंक अगाडीबाट निकालिएको थियो । अचेत अवस्थामा नालाबाट सशस्त्र प्रहरी बलका विपत ब्यवस्थापन टोली मार्फत निकालिएका बालकलाई निजगढ ९ स्थित निजगढ सामुदायिक अस्पताल प्रसुती गृहमा पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक बालकको शव परीक्षको लागि कलैया स्थित प्रादेशिक अस्पताल पठाउने तयारी भईरहेको प्रहरी स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?