विद्यासागर बोडिङ्गको बालक्लबद्वारा मानव कल्याण समाजमा खाद्यान सामाग्री सहयोग

                     
  नेपाल लेख   २०८० श्रावण १२, शुक्रबार १३:३३

कैलाश धिताल, निजगढ ७ स्थित बिद्यासागर ईङ्गलिस बोडिङ्ग स्कुलको बालक्लबद्धारा खाद्यान सामाग्री वितरण गरिएको छ । निजगढ ४ पुरानोटोल अवस्थित मानव कल्याण समाज आश्रममा आज खाद्यान सामाग्री वितरण गरिएको हो ।

कक्षा ४ देखि १० सम्म अध्ययरत गर्ने बिद्यार्थीहरु मार्फत रकम संकलन गरि मानव कल्याण समाजको आश्रममा पुगि चामल, चाउचाउ, दालमोट, चिउरा, मिटो, साबुन लगायतका खाद्यान बस्तुहरु वितरण गरिएको हो ।

खाद्यान क्लबकी अध्यक्ष साहना पौडेलले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बिद्यालय ब्यवस्थापनका अध्यक्ष भोला प्रसाद गौतम, प्रिन्सिपल अभिषेक मिश्र, क्लबका संरक्षकद्धय कैलाश धिताल र शिक्षीका सरु बस्नेत लागयतको उपस्थित रहेको शिक्षक कैलाश धितालले बताउनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?