बाराबाट सात जना मोटरसाइकल चोर पक्राउ, एक दर्जन मोटरसाइकल बरामद

                     
  नेपाल लेख   २०८० श्रावण १२, शुक्रबार १३:१२

बारा ,प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित सात जना चोरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाको विभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित सात जनाको गिरोहलाई नियन्त्रणमा लिइएको हो ।

चोरी भएका बा २६ प ७७५३, ज ११ प ८४९५, ना ५१ प २७९०, ना ५२ प ७१३२, बिआर ०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, , ना ४१ प ८४६८, बा ९० प ५००८, मधेश प्रदेश ०३ ०२६ प ९९५६, बा ६४ प ४६८४ र दुईवटा अन टेस्ट नयाँ मोटरसाइकल नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय विर्धोज वाईवा, सोही ठाउँका १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका वडा नम्बर २० बस्ने २० वर्षीय दीपेन्द्रकुमार महतो, सोही ठाउँका १९ वर्षीय राधेश्याम महता, सोही ठाउँका २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका वडा नम्बर ९ का २० वर्षीय राजीनन्द महतो र रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर २ का २६ वर्षीय पञ्चालाल बलोनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न समयमा मोटरसाइकल मानिस बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?