बैतडी, बैतडीमा मानसिक सन्तुलन ठिक नभएका बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाईबाट उनका २ वर्षीया नाति २ वर्षीय रेशमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले मानसिक सन्तुलन ठिक नभएका आफ्नै बाजे गणेशको कुटाइबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जानकारी दिए । कुटपिटबाट घाइते भएका उनका दाजु ८ वर्षीय रिजन साउद पनि गम्भीर घाइते छन् ।
उनको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न गणेशलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पुर्चौडी नगरपालिका– ६ का वडाध्यक्ष नरेन्द्र साउदले नातिलाई कुटपिट गर्ने साउदको मानसिक अवस्था केही समयदेखि ठिक नभएको बताए ।
उनका अनुसार केही दिनअघि गणेशले छोरा दीपकमाथि समेत कुटपिट गरेका थिए । कुुटपिटबाट टाउकोमा चोट लागेका दीपक उपचारका लागि धनगढी पुगेका थिए ।