सनराइज बैंक निजगढ शाखाद्धारा “स्वास्थ्य बीमा सुविधा” को रकम हस्तान्तरण

                     
  नेपाल लेख   २०८० असार १३, बुधबार ०९:१५

सनराइज बैंक लिमिटेड निजगढ शाखाले बचत खाताका ग्राहकहरुको लागि संचालन गरेको “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत निजगढ ८ का रामवरण यादवलाई सोमवार स्वास्थ्य उपचार खर्चबापतको ८० हजार रकम प्रदान गरेको छ । पत्थरीको शल्यक्रियाको क्रममा भएको खर्च बराबरको रकम बैंकका निजगढ शाखा प्रबन्धक प्रद्युम्न आचार्यले यादवलाई प्रदान गर्नुभएको हो । सनराइज बैंकका ग्राहक यादवको काठमाण्डौं नख्खुस्थित मेडिसिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया भएको थियो । बंैंकको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बचतकर्ताहरुले अस्पतालमा भर्ना भएर उपचार गराउँदा लागेको रकम मध्ये १ लाखमा नबढ्ने गरी बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाउनेछन । बैंकले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचतकर्ताहरुको लागि “सामूहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको जनाएको छ । सो सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाखमा नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्मको रकम ग्राहकले दाबी गर्न सक्नेछन । बैंकले ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु उपलब्ध गराउने शाखा प्रबन्धक आचार्यले बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?