बारा, आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारी रहेका छन् ।
आफ्नै १४ दिनको छोराको यही जेष्ठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका १५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।