बाराको निजगढ ९ स्थित फेण्ड सर्कलद्धारा संचालित कपडा बैकको रंग रोगन कार्यक्रम सम्पन्न भएको छ । शनिवार राती ६ बजे क्लका अध्यक्ष अनिष पोखरेलकोे उपस्थितीमा कपडा बैकमा रंग रोगन कार्यक्रमको संचालन भएको थियो । विगत ३ बर्ष अगाडीदेखि संचालनमा रहेको उक्त कपडा बैकमा रंग रोगन गर्नु पर्ने भएको हुँदा उक्त कार्यक्रम सम्पन्न भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
क्लबका अध्यक्ष पोखरेलले हामी कसैलाई काम नलाग्ने कपडा फाल्नु भन्दा कसैलाई त्यो कपडाको अति नै आवश्यकता हुन सक्छ बताउदै ति कपडा क्लबले संचालन गरेको कपडा बैँकमा धोई पखाली राखी दिन अनुरोध गर्नुभएको छ ।
क्लबले यस्तो सामाजिक क्रियाकलाप अन्तर्गत अति विपन्न वर्गका बिद्यार्थी वर्गका छात्रछात्रा तथा बाढी पिडीत लगायत अग्नि पिडीतहरुलाई समेत सहयोग गदै आई रहेको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष पोखरेल लगायत उत्तम अधिकारी, प्रकाश रौनियार, सिद्धान्त तिमल्सिना, नवराज दाहाल, गोपाल अधिकारी, राजेन्द्र लामा र बिपिन अधिकारी लगायतको.उपस्थिती रहेको थियो ।