निजगढ, निजगढ नगरपालिका वडा नंं.८ मा घर भएका बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्क विहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेका छन् ।
विगत केही समययता काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा बसोबास गदै आएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका थापागाउँ, नयाँ बानेश्वरबाट गत शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।
शुक्रबार बिहान घरबाट कार्यालय जान भनी निस्केका अधिकारी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो ।
अधिकारीले प्रयोग गर्ने मोबाइल समेत अफ रहेको छ । सम्पर्क विहीन भएको सूचना प्रहरीसम्म पुगेको छ । प्रहरी र आफन्तले शुक्रबारबाट नै खोजी गरेको थियो । तर, अधिकारी भने कतै फेला परेका छैनन् ।