निजगढ, राष्ट्रिय स्वतन्त्र पार्टी निजगढको सभापतीमा रामहरी खरेल मनोनय हुनुभएको छ । यस अघि पुष २० गते निजगढमा भएको भेलाले सभापती चयन गर्न नसकेपछि सो पार्टीको जिल्ला कार्यसमितिका सभापती चन्दन स्वर्णाकारले खरेललाई नगर सभापती सहित अन्य पदाधिकारी र वडा सभापती तोक्नु भएको हो । त्यसैगरी नगर कार्यसमितिको उपाध्यक्षमा सूर्यबहादुर थापा मगर, सचिवमा द्वारिक न्यौपाने, कोषाध्यक्षमा दिनेश त्रिपाठी चयन हुनुभएको छ ।
त्यसैगरी जिल्ला समितिले निजगढ नगरपालिका वडा नम्बरको १ को सभापतीमा सुरज लामा, वडा नम्बर २ मा राजन थापा, वडा नम्बर ३ मा घनश्याम तिमल्सिना, ४ मा भोला प्रसाद उप्रेती, वडा नम्बर ५ मा भानुभक्त गौतम, वडा नम्बर ६ मा तिलक बहादुर राउत, वडा नम्बर ८ मा मुक्तिनाथ अधिकारी, वडा नम्बर १० मा उत्सव रिसाल, वडा नम्बर ११ मा शालिग्राम थापा, वडा नम्बर १२ मा सन्तोष प्रसाद दङ्गाल र वडा नम्बर १३ को वडा सभापतिमा रामहरी कार्कीलाई चयन गरेको छ । वडा नम्बर ७ र ९ को सभापतीको जिम्मेवारी भने नगर सभापती खरेल र उपसभापती थापा मगरलाई नै दिइएको छ । । यसअघि पुष ३० गते भएको निजगढ नगर भेलामा खरेलसहित थापामगर र मुक्ति अधिकारीले सभापती पदमा दावी गरेपछि निर्णय गर्न सकेको थिएन । मनोनयनमा परेका वडा सभापतीहरु भने भेलाबाट चयन भएकाहरुलाई नै कायम गरिएको जिल्ला सभापती स्वर्णाकारले हस्तारक्ष गरेको विज्ञप्तिमा जनाइएको छ ।