निजगढ, नगरपालिका वडा नम्बर ९ स्थित सेवाशुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मणिश्वर घिमिरेको अध्यक्षतमा भएको सो कार्यक्रमको उद्धाटन निजगढ नगर प्रमुख सुरथ पुरीले गर्नुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सेतेन्द्र ठाकुर, निजगढ ८ का वडा अध्यक्ष स्वर्ण लामा, ९ का अध्यक्ष रामचन्द्र कटुवाल, ११ का वडा अध्यक्ष सहाईया गुरो (थारु) २ का पुष्कल खड्का, हिमचुली साना किसान बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोइराला, निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तथा बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष शोभा कुमारी राउत, अवतार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय लामा, समुन्नत महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कल्पना खरेल, लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्बिका प्रसाद चौलागाईं, नेकपा माओबादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य रविराज दंगाल, नेकपा एकिकृत सामाजवादी निजगढ नगर अध्यक्ष भिमसेन सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारण सभाले संचालक समितिका अध्यक्ष घिमिरेले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८÷०७९ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष ०७९÷०८० को बार्षिक बजेट र कार्य योजना पास गरेको छ । त्यसैगरी लेखा समितिका सदस्य समराज तामाङ्गले प्रस्तुत गर्न भएको आर्थिक वर्ष ०७८÷०७९ को लेखा परीक्षणको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । कुल ८ सय शेयरधनी सदस्यहरुबीच कारोबार गरेको सो सहकारीले चालु आर्थिक वर्षमा करिव २१ करोड बराबरको कारोबार गरेर करिव १ करोड मुनाफा गरेको जानकारी दिइएको छ । कार्यक्रममा उत्कृष्ट बचतकर्ता राजेन्द्रकुमार श्रेष्ठ, रन्जित क्षेत्री तिमल्सिना, शिवपुजन ठाकुर लगायतलाई सम्मान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ठ ऋणी तर्फ कृष्ण बहादुर वि.क, विक्रम मानन्धर, नकल बहादुर बल र उत्कृष्ठ मासिक बचत कर्तामा अशोक श्रेष्ठ, वेल बहादुर मगर, निरमाया थिङ्ग तथा उत्कृष्ठ बाल बचत तर्फबाट युगल खरेललाई सम्मन गरिएको थियो । कर्मचारी तर्फ भने मनिका ढुङ्गेल र गिता कार्की सम्मनित हुनुभएको थियो ।