
कोल्हवी, कोहल्बी नगरपालिका– ११ रामपुर्वा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव गाडेको अवस्थामा हिजो फेला परेको थियो । गाँउका स्थानीयबासीले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । केही दिनदेखि हराइरहेका चौधरीको शव आफ्नै गोठ र पोखरीबीच खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो। शवको प्रकृति हेर्दा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ ।
प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी बोगटीले बताउनुभयो । शवलाई पोस्टमार्टम गर्न कलैया स्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।