
निजगढ, निजगढ ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्था र निजगढ तिलगंगा आँखा आस्पतालको संयुक्त आयोजनामा भोलि बुधवार निजगढको वडा नम्बर ३ मा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । सिगौलको पिपलटारमा रहेको लालीगुराँस आधारभुत विद्यालयको प्राङ्गणमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म शिवीर संचालन हुने र शिवीरमा फेला परेका मोतीया विन्दुका बिरामीको तिलगंगा आँखा अस्पताल निजगढमा नि ः शुल्क शल्यक्रिया समेत गरिने लोकप्रिय सहकारी संस्थाका प्रबन्धक रोशन तिमल्सिनाले नेपाल लेखलाई जानकारी दिनुभयो । सहकारी संस्थाले यसअघि पनि निजगढका विभिन्न क्षेत्रमा आँखा शिविर कार्यक्रम संचलान गर्दै आएको छ ।