बारा, बाराको क्षेत्र नम्बर १ मा निर्वाचन हुनुभन्दा अगाडी देखी खटिएका सशस्त्रका नायब प्रहरी नायव उपरीक्षक जगन्नाथ खड्का परिवर्तन भएका छन् ।
बिनाकारण खड्का परिवर्तन गरि यस क्षेत्रमा हाल सशस्त्रका नायब प्रहरी नायव उपरीक्षक बिक्रम मणि अधिकारीलाई ल्याइएको हो ।
प्रहरी सोत्रका नेपाली कांग्रेसका सह महामन्त्री तथा बहालवाला खानेपानी मन्त्री समेत रहेका उमाकान्त चौधरीले उनलाई परिवर्तन गराएको बताएको छ । मन्त्री चोधरीका प्रतिनिधिले मंगलबार दिउँसो मतगणना बिथोल्न तथा तारबार भत्काउने प्रयास गर्दा सशस्त्रका नायब प्रहरी नायव उपरीक्षक खड्काले रोकेका थिए ।
सो कारण करिब ९ घण्टा मतगणना समेत रोकिएको थियो ।
एमालेका नेता अच्युत प्रसाद मैनाली करिब ६ हजार बढी मतले अगाडी परेका कारण मतगणना रोक्न नेपाली कांग्रेसका प्रतिनिधिले प्रयास गरिरहेको बेला सशस्त्रका नायब प्रहरी नायव उपरीक्षक परिवर्तन गरिनु निकै शंकास्पद रुपमा हेरिएको हो ।
यता स्थानीय तथा एमाले समर्थक आजको रातमा सत्ता र शक्तिको दुरुपयोग गरि मतगणना रोक्न तथा पुनः निर्वाचन गराउने हेतुका सहित सबैपक्षलाई मिलाएर धाधली गर्ने षडयन्त्र भएको आरोप लगाएका छन ।
बाराको कोहल्वी नगरपालिकाको भवनमा जारी मतगणना अन्तिम चरणमा रहदा कोल्हबी मतगणना केन्द्र नजिक निकै चहलपहल समेत देखिएको छ ।