प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना एकैपटक हुन्छ, आठ दिनमा सक्छौं

                     
  नेपाल लेख   २०७९ मंसिर ४, आईतवार २०:२९

काठमाडौं , निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना एकैपटक सुरु हुने जनाएको छ ।

आइतबार साँझ आयोगमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त दिनेश थपलियाले केही स्थानमा मतपत्र फरक मतपेटिकामा परेको हुनाले एकैपटक गणना गर्न लागिएको बताए ।

प्रत्यक्ष तर्फको मतपत्र समानुपातिकतर्फको बाकसमा र समानुपातिक तर्फको मतपत्र प्रत्यक्षतर्फको बाकसमा परेको भन्ने कुरा धेरै ठाउँबाट आएको छ’, प्रमुख आयुक्त थपलियाले भने, ‘मत खेर जान दिँदैनौँ। सदर मत छ भने गणना गर्ने गरी प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तथा प्रत्यक्षको मतगणना एकैपटक गरिन्छ ।

पहिला प्रत्यक्षको गणना सकेर समानुपातिक तर्फ गणना गर्ने तयारी गरिए पनि फरक मतपेटिकामा मतपत्र परेको समस्या आएपछि एकैपटक गणना गर्न लागिएको थपिलयाले बताए ।

उनले लगातार मतगणना गरिने भएकाले आठ दिनमा नतिजा सार्वजनिक गर्ने गरी आयोगले काम गर्ने बताए ।

आइतबार भएको निर्वाचनमा देशभरबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?