
निजगढ,बाराको निजगढ काब्य समाजद्धारा नगरस्तरीय बिद्यालयका बिद्यार्थी भाईबहीनीहरु बिच कविता प्रतियोगिताको आयोजना गरेको छ । निजगढ ७ स्थित सगरमाथा साकोसको सभाहलमा सम्पन्न भएको हो । सभाध्यक्ष रमेश तिमल्सिना (रसिक) को आतिथ्यतामा प्रमुख अतिथि चेत प्रसाद ढकाल, विशिष्ट अतिथि उपप्रमुख सोममाया थिङ्ग, वडा नंं ४ का पूर्व वडा अध्यक्ष जयराम कुमर, रामप्रसाद पराजुली, मुक्तिनाथ अधिकारी, राम प्रसाद ओझा लगायत नगरस्तरीय बिद्यालयका प्रधानाध्यापक हरुको सहभागी रहेको थियो ।
नगर भरीका बिद्यालयहरु गौरीशंकर मा.वि.निजगढ ८, गौरी शंकर सडकटोल, बिद्यासागर मा.वि., होलीएन्जल्स मा.वि, बकैया ठाकुर मा.वि., नेत्रोदय मा.वि.र सार्वजनिक मा.वि लगायत बिद्यालयका कक्षा १० मा अध्ययन गर्ने ४२ जना बिद्यार्थीहरुले सहभागी जनाई कविता वाचन प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगितामा गौरीशंकर मा.वि. निजगढ ८ बाट अनुपराज उप्रेती प्रथम, बिद्यासागर बोडिङ्ग स्कुलबाट द्धितीय र तृतीय हासिल गर्ने साहाना पौडेल र ज्यास्मिन उप्रेती लगायत रहेका छन् ।
प्रतियोगिताको निर्णायकहरुमा कवि भोला चौलागाई, सरु बस्नेत र अविनाश सापकोटा लगायत रहनुभएको थियो ।
निजगढमा आवद्ध रहेका नगरस्तरीय बिद्यालयका बिद्यार्थीहरुलाई साहित्यीक क्षेत्रमा अग्रसर गराउनका निमित्त विगत लामो समयदेखि लाग्नु भएका चर्चित कवि अभिषेक ओझा र सरु बस्नेतको मुख्य भुमिका रहेको पाइन्छ ।