विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

                     
  नेपाल लेख   २०७९ कार्तिक २९, मंगलवार १९:३१

सर्लाही ,निर्वाचनको समयमा आलोपालो गरी नियमित विद्यालय सञ्चालन गर्नुपर्नेमा सर्लाहीका कतिपय विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू विद्यालय बन्द गरी भोट माग्नमा व्यस्त भएका छन् ।

सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ४ कविलासीस्थित श्री प्राथमिक विद्यालय कविलासीका प्रधानाध्यापक रामेश्वर यादव बिना सूचना विद्यालय बन्द गरी सर्लाही क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महिन्द्र राय यादवको हरिपुर्वामा आयोजित चुनावी सभामा सहभागी भएका छन् ।

बिना सूचना विद्यालय बन्द गरेपछि विद्यालय पुगेका विद्यार्थी विद्यालयको मूल गेटमा ताल्चा लागेको देखेर घर फर्केका थिए । सोमबार विद्यालयमा कुनै बिदा नदिएको पर्सा गाउँपालिकाले जनाएको छ ।

निर्वाचनको समयमा आलोपालो गरी नियमित रुपमा विद्यालय सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?