![](http://nepallekh.com/wp-content/uploads/2022/11/dhanusha_4_hg9nEt4lO8.jpg)
जनकपुरधाम -धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा काँग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
पाँचदलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव र एमालेका सचिव रघुवीर महासेठबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
यादवलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको साथ छ भने महासेठ एमालेका एक्ला उम्मेदवार हुन् ।
यसै क्षेत्रमा एमाले र जसपा (जनता समाजवादी पार्टी) नेपालले मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन्। जसपाका महाजन यादव पनि प्रतिस्पर्धामा छन् ।
तीनैजना उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतो जनप्रिय देखिएका छन्। युवा एवं कलाकार समेत रहेका स्वतन्त्र उम्मेदवार महतो युवाबीच आकर्षण रहेका छन् ।
काँग्रेस तथा एमालेका उम्मेदवार पुरानै हुन् भने कृष्ण महतो युवा उम्मेदवार हुन् ।
प्रदेशसभा सदस्यतर्फ पाँचदलीय गठबन्धनबाट ४ (क) मा कांग्रेसका शेषनारायण यादव, ‘ख’मा एकीकृत समाजवादी पार्टीबाट शत्रुधन महतो र नेकपा एमालेबाट ‘क’मा सन्तोष यादव र ‘ख’मा हरिनारायण महतोबीच प्रतिस्पर्धा हुनेछ।