प्रतिनिधि सभा निर्वाचनमा बारा १ बाट उम्मेदवारी दिने तयारीमा डा. न्यौपाने, यस्तो छ न्यौपानेको एजेण्डाहरु

                     
  नेपाल लेख   २०७९ आश्विन १९, बुधबार १९:२९

(निजगढ) आसन्न प्रतिनिधि सभाको निर्वाचनमा बारा १ बाट डा. राकेश न्यौपानेले उम्मेदवारी दिने भएका छन् । डा.न्यौपानेले अगामी प्रतिनिधि सभाको निर्वाचनमा बारा १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

मुलुकलाई आर्थिक र आध्यात्मिक समृद्धिको बाटो पहिल्याउन सहजकारी भूमिका निर्वाह गर्न प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी सुरु गरिएको डा.न्यौपाने बताउनु हुन्छ ।

बाराको निजगढ नगरपालिका वडा नं.८ मा घर भएका डा.न्यौपानेले नेपालमा शासकीय व्यवस्था विरुद्धको राजनीति समाप्त भइसकेको बताउनु हुन्छ । अब नेपालीको चाहना भनेको आर्थिक समृद्धि र दिगो उन्नति हो । पुराना राजनीतिज्ञहरूले आफ्नो जीवनको उर्वर समय शासकीय व्यवस्था परिवर्तन गर्न खर्चिनु भएको छ,’ डा. न्यौपानेले भने, ‘उहाँहरूको लडाई शासकीय व्यवस्थासँग थियो । त्यसमा उहाँहरू सफल हुनु भएको छ । अब मुलुकलाई आर्थिक समृद्धि र दिगो विकासको खाँचो छ ।’ मुलुकलाई समृद्ध बनाउन राजनीतिमा युवाहरू पनि सक्रिय सहभागिता आवश्यक पर्ने भएकाले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने योजना बनाएको डा. न्यौपाने बताउँछन् ।

नेशनल मेडिकल कलेज वीरगन्जबाट एमबिबिएस उर्तीण गरेका डा.न्यौपाने विभिन्न स्वास्थ्य निकायमा आबद्ध रहनुका साथै राजनीतिक रूपमा पनि सक्रिय रहँदै आएका छन् । साथै उनी हाल त्रिभुवन विश्वविद्यालयमा राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन गर्दै छन् ।

उनले कोरिया नेपाल हस्पिटल, अल्का हस्पिटल लगायतमा काम गरिसकेका छन् । साथै उनी २०७४ सालदेखि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य सल्लाहकारको रूपमा काम गर्दै आइरहेका छन् । सन् २०१९ सार्क एन्टिडोपिक कन्फरेन्समा उनी नेपालको प्रतिनिधित्व गरेका थिए ।

उनी सामाजिक कार्यमा पनि निकै सक्रिय छन् । २०७२ सालको महाभूकम्प र कोभिड–१९ को समयमा विभिन्न स्थानमा राहत वितरण कार्यमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरेका थिए ।

यस्तो छ न्यौपानेको राष्ट्रिय एजेण्डा :-

बाराबासी आदरणीय बुबाआमा, दिदीबहिनी, दाजुभाइ तथा प्यारा साथीहरूलाई हार्दिक नमस्कार ।

नेपाललाई वैदिक सनातन धर्म निर्देशित वैज्ञानिक तथा आध्यात्मिक समाजवादी राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ विगत ६ वर्ष देखि विभिन्न अभियान मार्फत संघर्ष गर्दै आएको एक युवा हुनुका नाताले त्यसलाई कार्यान्वयन गर्ने लक्ष्य राखेर आगामी प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ का नागरिकको निर्वाचित सेवक बन्ने उद्देश्यका साथ यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।

जसरी वेदान्त प्रकृति सूत्रले हरेक जीव, ईश्वरको अंश हो भन्छ त्यसैगरी लोकतन्त्रमा राज्यसत्ता निर्माणमा प्रत्येक नागरिकको मतको निर्णायक अंश रहन्छ । धर्म निर्देशित, पक्षपातविहीन, शोषणमुक्त, सु–सम्पन्न सेवापरायण, स्वास्थ्य तथा सर्वहित प्रद व्यक्ति तथा समाजको संरचना निर्माण गर्नको लागि आफ्नो सार्वभौम मत मार्फत प्रतिनिधि चुन्ने अधिकारको पक्षपोषण नै सनातन राजनीतिको मूल उद्देश्य हो । राजनीतिको त्यही पावन उद्देश्य प्राप्तिलाई केन्द्रमा राखेर मैले यो बाटो राजेको छु । शताब्दीदेखि स्वाधीन, सार्वभौम, सनातनी व्यवस्था रही आएको राष्ट्र नेपालमा विगत केही दशक यता विदेशी प्रभुत्ववादले निम्त्याएको विकृत राजनीति हाबी भएको छ । यसलाई परिवर्तन गर्न कम चुनौतीपूर्ण छैन ।

यो यात्रामा यहाँहरूको सम्पूर्णको आशीर्वाद, साथ र सहयोगको आवश्यक रहेको अपिल गर्दै क्षेत्र नम्बर १ को उम्मेदवारका रूपमा निम्न लिखित एजेन्डामा प्रतिबद्ध रहेको ब्यहोरा प्रस्तुत गर्न चाहन्छु ।

१) शासन व्यवस्थाः वैदिक सनातन धर्म, निर्देशित समाजवादी शासन व्यवस्था, जनताद्वारा निर्वाचित प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री । स्थानीय तहको सबलीकरणसँगै प्रदेश संरचनाको खारेजी गर्ने ।

२) अर्थतन्त्रः उन्नत समाजवाद, राज्यले समस्त नागरिकहरूको शिक्षा, स्वास्थ्य र रोजगारी, आधारभूत खाद्यान्न, आधारभूत आवाजको पूर्ण जिम्मेवारी लिने । वैदेशिक पुँजी तथा प्रविधिको आकर्षण तथा लगानीको लागि प्रोत्साहन गरिने ।

३) सुशासनः सबै प्रकारकाको भ्रष्टाचार प्रकरणमा छानबिन कारबाही तथा नियन्त्रण गरी सुशासन कायम गर्ने ।

४) परराष्ट्र नीतिः पञ्चशील र असंलग्न परराष्ट्र नीतिलाई पूर्णतः कार्यान्वयन गर्ने साथै एमसिसी जस्ता सम्झौताको खारेजी गर्ने । नजिक तथा टाढाका छिमेकीहरूसँग समदुरी सहितको सम्मानपूर्ण सौहार्द सम्बन्ध कायम गर्ने ।

५) धर्म/संस्कृतिः बारा क्षेत्र नं. १ मा रहेका सम्पूर्ण धार्मिक तीर्थस्थल, धाम र गुठीहरूको व्यवस्थापन र संरक्षण गर्ने । संस्कृत भाषाको विस्तार र वैदिक ग्रन्थहरूको अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरी आर्य एवं बौद्धिक संस्कृति अवलम्बन गर्न प्रेरित गर्ने ।

६) उर्जाः अल्प कालिन रूपमा अन्तर्देशीय पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिने, साथै आगामी ११ वर्ष भित्र राष्ट्रमा प्रयोग हुने ऊर्जा सबै हरित ऊर्जा (क्लिन एन्ड ग्रिन ऊर्जा हुने)

७) जनजीविका विकासः ५ वर्ष भित्रमा बारा क्षेत्र १ मा पर्ने ३ वटा नगरपालिका (निजगढ, कोल्बी र सिम्रौनगढ) क्षेत्रमा वर्षे बाढी पूर्णतः नियन्त्रण गर्ने, निजगढ नगरपालिकालाई स्मार्ट सिटीको मापदण्ड अनुसार विकास गर्ने, क्षेत्र नं. १ मा पर्ने सबै स्थानमा सडक निर्माण गर्ने, सहरीकरण गर्ने, स्वच्छ पिउने पानीको व्यवस्था गर्ने र पर्यटनमुखी क्षेत्र निर्माण गर्ने । युवालाई सीपमूलक तालिमहरू दिने र युवालाई रोजगार प्रदान गर्ने ।

८) वातावरण/पर्यावरण/कृषिकरणः ५ वर्ष भित्रमा खाली जमिनहरूमा कृषि सुरु गरिने, आधुनिक कृषिकरण गरिने, कृषकहरूलाई प्रोत्साहन गर्ने, सिँचाइ नपुगेको ठाउँहरूमा सिँचाइको व्यवस्था गरिने, स्मार्ट कृषिको मोडलमा काम गर्ने, डेरी उत्पादनहरू वृद्धि गर्ने र त्यसलाई उचित मूल्यमा बजारमा निर्यात गर्ने, वृक्षारोपण गर्ने, एक घर एक वृक्षको मोडल विकास गर्ने, कृषि विश्वविद्यालय निर्माण गर्ने ।

९) स्वास्थ्य/शिक्षाः नेपाली सबै जनतामा स्वास्थ्य÷शिक्षाको पहुँच स्थापित गर्ने । स्वास्थ्य/शिक्षा सेवा प्रदान गरिरहेका संस्थाहरूलाई स्तरोन्नति गर्ने ।

प्रतिज्ञाः सुविधा भोगी प्रवृत्ति त्याग गरी स्वच्छ छवि कायम गर्दै नागरिक समाज र राष्ट्रको सेवा गर्ने ।

यस्तो छ न्यौपानेको क्षेत्रिय एजेण्डा ः

१) समृद्ध क्षेत्रको आधारशिला निर्माण गर्ने ।

२) दोस्रो अन्तरराष्ट्रिय बिमानस्थल र द्रुतमार्गको सहजीकरण गर्ने ।

३) माछा पालन क्षेत्र लाई देश बिदेशमा पहिचान स्थापित गराउने । मझौला उद्योग स्थापना गरी व्यवसाय प्रवद्र्धन गर्ने ।

४) क्षेत्र भरिका नगर र वडा कार्यालयहरुमा व्यवस्थित कार्य सम्पादनमा जोड दिने ।

५) सुविधायुक्त हरित, स्वच्छ र नमूना शहरहरु फराकिला र पक्की सडक संरचनाहरु निर्माण गर्ने

६) अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान शान्त, सुरक्षित, सुशासित र नैतिकवान समाज निर्माण गर्ने ।

७) जैविक विविधता, प्राकृतिक स्रोतहरुको सम्वद्र्धन र क्षेत्र वन व्यवस्थित र एकीकृत नमूना बस्तीहरुको निर्माण ।

८) मापदण्डका सार्वजनिक तथा निजी भवनहरु पर्यटकीय स्थलहरुको संरक्षण र विकास गर्ने ।

९) ऐतिहासिक तथा धार्मिक स्थलहरुको सम्वद्र्धन जेष्ठ नागरिक, महिला तथा सीमान्तीकृत समुदाय विशेष कार्यक्रम दलित र गरीवका लागि आवास कार्यक्रम निर्माण ।

१०) कृषि, माछा पालन तथा पशुपालनको तीव्र व्यवसायीकरण शिक्षा क्षेत्रको व्यवस्थापन मार्फत गुणस्तरीय, रोजगारमूलक र प्राविधिक शिक्षा ।

११)स्वास्थ्य र आधारभूत सेवाको प्रवद्र्धन, स्वास्थ्य बिमा र क्षेत्र भरि प्रत्येक पालिका स्तरीय अस्पतालको व्यवस्थापन सहकारी, गैरसरकारी संस्थाहरुमार्फत स्थानीय उद्यमशिलता र रचनात्मक क्रियाकलाप ।

१२) व्यवसायिक, पेशागत र सामुदायिक संगठनहरुको सशक्तीकरण जनजाती संग्रहालय, भोजपुरी,तामाङ , मगर , थारु– कामकाजको भाषा र सबै भाषासंस्कृतिको संवद्र्धन

१३) उपयुक्त व्यवसायिक वातावरण र अनुशासित श्रमजीवन पर्याप्त खेलकुद, क्लवघर, पिसपार्क, सामुदायिक भवन, सूचनाकेन्द्र, सञ्चार र इजोन

१४) सचेत, नैतिकवान र सामाजिक न्यायसहितको समतामूलक समाज

१५) दमकल, बसपार्क, ल्याण्डफिल्डसाइड र अन्य व्यवस्थापन क्षेत्र भरिका किसानलाई ३० युनिट सम्मको बिजुली निः शुल्क गराउन प्रयत्न

१६) क्षेत्रको प्रत्येक पालिकामा स्तरीय मल खादको डिपोको स्थापना बार्षिक ५०० जना जेहेन्दार बिद्धार्थीहरुलागी क्षेत्रस्तरीयमा तवरमा छात्रवृत्ति

१७) हरेक घरको छोरी वा बुहारीले सरकारी अध्ययन गर्नेलाई साईकल निः शुल्क

१८) क्षेत्र स्तरीयमा हुने कुनै भौतिक कार्यका लागि क्षेत्र स्तरीय युवालाई प्राथमिकता

१९) क्षेत्रका हरेक पालिकाहरुमा लाईब्रेरीको स्थापना अधिकतम मानव विकास र जीवनस्तरमा परिवर्तन

२०) अपाङ्गड्ड, एकलमहिला र अन्य विशिष्टीकृत समुदायको हित प्राकृतिक प्रकोप तथा विपत्त व्यवस्थापन

२१) राष्ट्रिय तथा अन्तरराष्ट्रिय कनेक्टिभिटी र साझेदारी बालमैत्री, जेष्ठनागरिकमैत्री र समुदायमैत्री व्यवस्थापन उपभोक्ता र नागरिक हित

२२) सम्मानित श्रमजीवन र श्रमिकहरुको पंजीकरण क्षेत्र विकास र सेवाका लागि पर्याप्त आयस्रोत संयोजन

क्षेत्रकापालिकाहरु निजगढ, कोल्हवी,बारागढी , आदर्शकोतुवाल र सिम्रौगढहरु मध्ये कुनै एक पालिकामा एकवटा पर्ने दरले ,हस्पिटल , कृषि प्रविधिक कलेज , मझौला उद्योग , शीत भण्डार ,प्रयोगशाला अन्य इत्यादि ।

सेवामा सविनय

डा. राकेश न्यौपाने

बारा निजगढ वडा नं. ८

सम्पर्क ९८४४४७६८०८

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?