सहकारी संस्थाको कर्जा नतिर्दा के हुन्छ ?

                     
  नेपाल लेख   २०७९ आश्विन १३, बिहीबार २१:३३

काठमाडौं । पछिल्लो समय सहकारीको विषयहरु बजारमा चर्चामा छ । कतिपय सहकारी समस्याग्रस्त बनेर चर्चामा छन् भने कतिपय सहकारीहरु नीति नियम विपरित चलेको भन्दै चर्चामा छन् । समस्यामा परेको सहकारीहरुले ऋणीहरुले लिएको पैसा समयमा फिर्ता नआउँदा संस्था समस्यामा परेको बताइरहेका छन् । समयमा ऋण नतिर्दा के हुन्छ भन्ने विषयमा यहाँ हामीले उल्लेख गरेका छौं ।

समयमा कर्जा नतिर्दा के हुन्छ ?

१) ब्याज बढदै जान्छ । तिर्नुपर्ने रकम थपिदै जान्छ । लागत बढछ ।

२) भाखा नाघ्छ । खराब ऋणीमा परिन्छ ।

३) समितिमा, कर्मचारीमा चर्चा हुन्छ निगरानी बढछ ।

४) कालो सूचिमा परिन्छ । सहकारी संस्था नामावली सार्वजनिक बाध्य हुन्छ ।

५) छरछिमेक, वरपरका मान्छेले हेर्ने दृष्टिकोण राम्रो हुदैन ।

६) सहकारी बाहेक अन्य अरुकसैले बिना धितो कर्जा दिदैन । एक पटक लिएको कर्जा नतिर्देमा जिन्दगी जाने होइन । फेरी ब्यापार व्यवसाय गर्न अप्ठयारो टार्न सहकारी संस्थाहरु नै चाहिन्छ । सहकारीबाट फेरी कर्जा लिनु पर्ने दिन आउँछ ।

७) तपाईले भाखा नघाए अरु सदस्यले कारोबार गरेर कमाएको मुनाफाबाट कर्जा जोखिमको लागी पैसा छुट्टाउनु पर्छ । जसले गर्दा संस्थाको मुनाफा घटेर सदस्यको बोनस घटछ ।

८) सदस्यहरुको बचत मार्फत भएको रकम सहकारी संस्थाले लगानी गरेका हुन्छन । सहकारीले लगानी गर्ने पैसा तपाइँ हामी सबैको हो । सहकारीको कर्जा नतिर्दा हामीलाई पनि अप्ठयारो पर्न सक्छ ।

९) घरपरिवारमा झगडा हुन्छ । तपाइँका बालबच्चा छोराछोरीलाई त्यसले असर गर्छ ।

१०) अहिलेसम्म कर्जा लिएको पैसा कतै मिनाहा भएको छैन । कर्जा मिनाहा हुन्छ भन्ने भ्रममा नपरौं ।

११) सहकारी संस्थाबाट कर्जा लिएर लिएर हजारौ सदस्यले व्यापार व्यवसाय गरेर प्रगती गरेका छन् । तपाइँ पनि उद्यमी बन्ने तिर लाग्नुस । आफूलाई परेको समस्या सहकारीका कर्मचारीलाई सुनाउनु होस सहकारीका कर्मचारी तपाईंका शुभचिन्तक हुन । उनिहरुले अवश्य तपाइलाई सहयोग गर्नेछन ।

१२) समयमै कर्जा तिरौं । समय बिते पछि पछुताउनु बाहेक अर्को विकल्प हुदैन ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?