रिटर्नी फेडेरेसनको मधेश प्रदेशमा निर्वाचन परिचालन कमिटी गठन

                     
  नेपाल लेख   २०७९ आश्विन १२, बुधबार २३:१५

सर्लाही रिटर्नी फेडेरेशन नेपालको मधेश प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । सर्लाहीको लालबन्दीमा भएको निर्वाचन अनुगमन तथा निर्देशन कमिटीको बैठकले केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरेको अध्यक्षतामा स्थायी कमिटी सदस्य तथा सचिव थानेश्वर सापकोटा लगायत संयुक्तमा कमिटी गठन गरिएको छ ।

यसैगरी स्थायी कमिटी सदस्य खेम कार्की अध्यक्ष र केन्द्रीय सदस्य सरिता चौंधरी सचिव रहेको निर्वाचन प्रचार प्रसार समिति पनि गठन गरेको थियो । आगामी मंसीर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशका जिल्लाहरुमा तथा निर्वाचन क्षेत्र स्तरीय कमिटीहरु निर्माण गर्न पनि आज भएको बैठकबाट निर्णय गरेको छ । कार्यक्रममा सर्लाही स्थित लालबन्दीमा भएको रिटर्नी फेडेरेशन नेपालको मधेश प्रदेश कार्यालय समेत उद्घाटन भएको थियो । मधेश प्रदेशका ८ वटै जिल्लाहरुलाई समेटी सो कार्यालयले भुमिका खेल्न सहयोग गर्न पुग्ने बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौंडैलले एमालेलाई मधेश प्रदेशमा पहिलो बनाउन कार्यकर्ताहरु राजनीतिक रुपमा तयार हुनुपर्नेमा जोड दिनुभयो । अहिलेको गठबन्धनको सरकार सटि भागबण्डामा मात्र अल्झिएकोले जनताको बारेमा सोच्ने समय नभएको उहाँको भनाई रहेको थियो । रिटर्नीहरुले क्रियाशिल जनशक्ति र परिवर्तनकारी अगुसर रहेका बताउनुभयो । साथै रिटर्नीहरुले राष्ट्रबादी पार्टी एमाले भएकोले जनता माझ प्रष्टयाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै रिटर्नी फेडेरेशन नेपालका केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरेले अब निर्वाचनलाई लक्षित कार्यक्रम गरेर गाँउ गाउँमा जानुपर्ने बताउनु भएको छ । विदेशबाट फर्किएका नेपालीहरुलाई एमालेले सम्बोधन गरेको र अब रिटिर्नीले सबैलाई समेटी उद्यमशलिताको योजना बनाएर अगाडी बढनुपर्ने आवश्यकतामा औंल्याउदै घिमिरेले मधेश प्रदेशका नगर वडासम्म समिति विस्तार गरी तिब्र रुपमा अगाडी बढाईएकोले सबैं रिटिर्नी साथीहरुलाई संगठनमा जोडिन पनि आव्हान गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य श्याम शिवाकोटी, रिटर्नी फेडेरेशन नेपालका स्थायी कमिटी सदस्यहरु थानेश्वर सापकोटा र खेम कार्की, केन्द्रीय सदस्यहरु उत्पला ढुगेंल , सतिा चौंधरी, अश्वेश्वर चौंधरी, मधेश प्रदेश अध्यक्ष रुद्र खतिवडा लगायत पार्टीका जिल्ला कमिटी सदस्य तथा विभिन जनवर्गिय संगठनका प्रतिनिधहरु तथा विभिन्न जिल्लाका रिटर्नी प्रतिनिधिहरुकोे सहभागतिा रहेको थियो । रिटर्नी फेडेरेशनका केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरेले बैदेशिक रोजगारमा भएका साथीहरुलाई चुनावको बेला आउन आग्रह गदै, प्रवासमा रहेका साथीहरुलाई फोन सम्पर्क गदै चुनावमा आउन आग्रह गदै मधेश प्रदेशमा चुनावलाई स्थानीय तहदेखि जिल्ला देखि सबै ठाउँमा प्रचारप्रसार अनुगमन समिति राखी कार्यालयको स्थापना समिती गरिने बताउनुभयो । कार्यक्रमको स्वागत मनब्य स्थायी कमिटी थानेश्वार सापकोटाले गर्नुभएको थियोे, भने कार्यक्रम संचालन स्थायी कमिटीका खेम कार्कीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?