(निजगढ)
न्यु हिमाल युवा क्वलद्धारा आयोजित नकाउट फुटबल प्रतियोगिता आज सोमबारबाट उदघाटन भएको छ । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले रिबन काटेर खेलको उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रमको विशिष्ट अतिथी निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा (सोनु), नेकपा माओवादी (केन्द्र) निजगढ नगर अध्यक्ष सन्तोष दंगाल लगायतले खेल स्वास्थ्य र राष्ट्रैको लागी एकदमै महत्वपूर्ण रहेको भनाई राख्दै मन्तब्य दिनुभएको थियो । कार्यक्रममा निजगढ सशस्त्र प्रहरी बल वेसक्यापका प्रमुख जगतनाथ खड्का, शहिद हिरालाल रङ्गशाला व्ब्यवस्थापन समिति जगत बहादुर न्यौपाने, एनएफसी का अध्यक्ष शम्भु थापा मगर, निजगढ नगर कार्यपालिका सदस्य मनमाया तामाङ्ग, पवित्र सुनुवार, शालिकराम ढुंगाना, लगायतका उपस्थित रहेका थिए । उद्घाटन खेलमा आज हातेमालो सामुदायिक वन रौतहट र कोसेली युवा क्लब सिमरा बिच खेल सम्पन्न भएको थियो । उक्त खेलमा हातेमालोे सामुदायिक वनले कोसेली युवा क्लबलाई ३–१ ले पराजित गदै जित हासिल गरेको थियो ।
खेल सुरु भएको ५ मिनेट नबित्दै हातेमालो सामुदायिक वनका जर्सि नम्बर १० का राजु लामाले गोल गर्न सफल भएका थिए । भने सोही टिमका कप्तान लामा फ्री किक मार्फत प्रहार गरेको बलले जाली चुम्न सफल हुदै २० मिनेटको अन्तरमा दोस्रो गोल गर्न सफल भएका थिए । भने कोसेली युव क्लबका सुजन श्रेष्ठले खेलको मध्यान्तर पछि १० मिनेटको अन्तरालमा १ गोल गर्न सफल पादै आफ्ना टिमका खेलाडीहरुलाई आशा दिलाउन सफल हुनुभएको थियो ।
उक्त खेलको लगभग अन्तिम चरणमा हातेमालो तर्फका जर्सि नम्बर १० का राजु लामाले फेरी १ गोल थप्दै समुहलाई जित दिलाउन सफल हुनुभएको थियो । भने खेलको म्यान अफ द म्याच हातेमालोका कप्तान राजु लामाले ट्फी र २ हजारको चेक प्राप्त प्राप्त गर्नुभएको थियो ।
प्रतियोगिताको दोश्रो दिन मंगलबार पहिलो खेल राइजिङ स्टार क्लब र निजगढ युवा क्लब बिच दिनको १ बजेदेखि हुनेछ भने दोश्रो खेल दिउँसो ३ बजेबाट ट्याकटर व्ब्यवसायी संघ र चौतारा युवा क्लब बिच प्रतिस्पर्धा हुने आयोजक न्यू हिमाल युवा क्लबका अध्यक्ष बैकुण्ठ आले मागरले जानकारी दिनुभयो ।