सहासी महिला समूहद्धारा डेङ्गु विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

                     
  नेपाल लेख   २०७९ आश्विन ८, शनिबार २१:५५

निजगढ

निजगढ नगरपालिका वडा नंं ७ स्थित सहासी महिला समूहको आयोजनामा शनिवार डेङ्गु विरुद्धको सचेतना कार्यक्रमको आयोजना गरिएको छ । वडा कार्यालयको समन्वयमा शनिवारबाट सुरु भएको वृहत सरसफाइ अभियानसंगै महिला समुहले लिची टोलमा सचेतना मुलक कार्यक्रमको आयोजना गरेको हो । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले डेङ्गु रोगबाट बच्ने उपायबारे बताउनुभएको थियो ।

सहासी महिला समुहकी अध्यक्ष गंगा गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शोभा बर्देवाले स्वागत मन्तव्य व्यक्त र कार्यक्रम संचालन रत्ना बर्तौलाले गर्नुभएको उपाध्यक्ष शान्ति नेपालले बताउनुभयो ।

त्यसैगरी वडा नम्बर ९ मा पनि शुक्रवारबाट वडामा सरसफाइ र स्प्रे अभियान सुरु भएको छ । वडा अध्यक्ष रामचन्द्र कटुवालले दिएको जानकारी अनुसार वडामा रहेका सबै टोल विकास संस्थालाई एकैपटक परिचालन गरेर सरसफाइसंगै डेङ्गु विरुद्धको औषधि पनि छर्किन लागिएको हो । यसको लागि वडामा रहेका ११ वटै टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरुलाई वडा कार्यालयले बिहान ७ बजे प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा भेला गराएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रबाट औषधि सहितको टोली खटाइएको र वडाको सबै टोलमा पुगेर सरसफाइसंगै औषधि पनि छर्किन वडा अध्यक्ष कटुवालले बताउनुभयो ।

त्यसैगरी वडा नम्बर ५ र ६ मा पनि शुक्रवारबाट सरसफाइसंगै औषधि छकर्ने अभियान सुरु भएको छ ।

 

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?