(निजगढ)
जिल्ला प्रशासन कार्यालय बाराद्वारा निजगढ ८ स्थित गौरीशंकर माविमा शुक्रबार लागुऔषध सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजना सम्पन्न भएको छ । कार्यक्रममा प्रशिक्षकको रुपमा रही ईलाका प्रहरी निरिक्षण प्रमुख सन्चिव ओलीले बिद्यालयका बिद्यार्थीहरुलाई लागुऔषध सम्बन्धि जनचेतनामुलक सन्देश दिनुभएको थियो ।
कार्यक्रम निजगढ नगर प्रमुख सुरथ पुरीको आतिथ्यतामा जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्ण बहादुर कटुवाल, वडा नं. ८ का वडा अध्यक्ष स्वर्ण लामा, प्रधानाध्यापक बद्रीनारायण झा लगायतको सहभागी रहेको थियो ।