निजगढ :- बाराको निजगढ नगरपालिका १० का युवकलाई करेन्ट लागेर मृत्यु भएको छ ।
निजगढ १० लालका राम बहादुर डिमडुङको निजगढ नगरपालिका वडा नंं ४ कछडियाटोलमा घरमा पेन्ट गर्ने क्रममा नेपाल क्रसर उद्योगमा लगिएको विद्युतीय तारमा छुदा करेन्ट प्रवाह भई मृत्यु भएको हो ।
स्थानीय ज्ञान बहादुर मोक्तानको नयाँ घरमा पेन्ट गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका डिमडुङलाई उपचारका लागि वीरगन्ज स्थित नेशनल मेडिकल कलेजमा पुर्याईएको थियो ।
प्रहरीका अनुसार अस्पतालका चिकित्सकले डिमडुङलाई मृत घोषणा गरेका थिए । घटनाको बारे भने प्रहरीले ढिलो खबर पाएको थियो । अस्पतालले मृत घोषणाा गरेपछि मात्र प्रहरीले घटना बारेमा जानकारी पाएको थियो ।