(निजगढ) निजगढ नगरपालिका वडा नंं ५ को कार्यालयद्धारा यहि शनिवार बिहान वडा कार्यालयबाट समिको बोटसम्म वृहत सरसफाइ अभियान सुरु गर्ने भएको छ । वडा नं. ५ को कार्यालयले शनिवार बिहान ७ बजेबाट वडा कार्यालय भवनको अगाडिबाट सरसफाइ अभियानको थालनी गर्न लागेको वडा अध्यक्ष सुर्य बहादुर थापा मगरले बताउनुभयो । यसअघि निजगढ नगरपालिकाको कार्यालयले बुधवार बिहान ७ बजे ईलाका प्रहरी कार्यालय भवनको अगाडिबाट सरसफाइ अभियानको थालनी गरेको थियो ।
सरसफाई कार्यक्रम निजगढ नगरपालिका भित्रका १३ वटै कार्यालयमा सम्पन्न हुने नगर प्रमुख सुरथ पुरीले बताउनुभयो ।