निजगढ :- निजगढ नगरपालिकाद्वारा आयोजना गरिएको जनचेतनामुलक सरसफाइ अभियान कार्यक्रम आज बुधवारबाट शुरुवात भएको छ । डेगु रोगको प्रकोप बढ्न थालेको र नजिकिदै गरेको चाडपर्वकोलाई मध्येनजर गरेर निजगढ नगरपालिकाले सो कार्यक्रमको आयोजना गरेको हो ।
सरसफाई कार्यक्रम ईलाका प्रहरी कार्यलयदेखि बुद्ध चोकसम्मको पुर्व पश्चिम राजमार्गको दायाँ बायाँ तर्फ सरसफाइ गर्दै जनचेतनामुलक सन्देश समेत प्रशारण गरिएको थियो । निजगढबासीहरुलाई सुसुचित गराउन १ हप्तादेखि सबै वडाहरुमा माईकिङ गर्दै आएको नगरपालिकाले सरसफाई कार्यक्रमको आज शुरुवात गरेको थियो ।
आफ्ना नगर भित्र रहेका सबै टोल विकास सस्थालाई आफ्नो टोलमा सरसफाई कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्नको लागी निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरिले सम्पुर्ण नगरबासिलाई हार्दिक अपिल गदै प्रत्येक टोल विकास संस्थाहरुलाई वडा कार्यलयमा जनप्रतिनिधिसँग समन्वय गर्दै अभियानलाई सफल तुल्याउनको लागि समेत पुरीले अनुरोध गर्नुभएको छ ।
सरसफाइ कार्यक्रममा नगर प्रमुख पुरी सहित उपप्रमुख सोम माया थिङ, प्रमुख प्रशासकिय अधिकृत, सुमन धिताल, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, नगरपालिकाको कर्मचारी, साहसी महिला समुह, महिला बिकास संस्थाका प्रतिनिधि, ,सुरक्षाकर्मिहरु, एवम विभिन्न संघ सस्थाका प्रतिनिधि लगायतको सहभागी रहेको थियो । कार्यक्रमको ब्यवस्थापन निजगढ नगरपालिका स्वास्थ्य शाखाले गरेको थियो । आजबाट शुरु भएको अभियान निजगढका १३ वटै वडाहरुमा वडा कार्यलय मार्फत सप्ताहरुपी संचालन हुने भएको छ ।