सुकेपोखरी ताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न नगर प्रमुख सुरथ पुरीको भनाइ,

                     
  नेपाल लेख   २०७९ भाद्र १८, शनिबार २२:०८

२०७९ भाद्र १९ (निजगढ)

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सुकेपोखरी ताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न निजगढ नगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ । संरक्षण अभियानले सुरु गरेको श्रमदान मार्फत झाडी सरसफाई कार्यक्रममा सहभागी हुन सुकेपोखरी जंगलमा पुग्नु भएका मेयर पुरीले शनिवार बिहान सो कुरा बताउनुभएको हो । उहाँले तालको सरसफाई र संरक्षणमा स्थानीयले गर्दै आएको श्रमदान प्रशंसनीय र अनुकरणी भएको पनि बताउनुभयो ।

मेयर पुरीले पोखरीको संरक्षण गरेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने पनि बताउनुभयो । उहाँले सिगौंलको सितल छहारी भरना नगरका अन्य पर्यटकीय स्थलसंग पनि जोडन सके सुकेपोखरी तालमा पर्याप्त पर्यटकीय शंभावना रहेको बताउनुभयो ।

निजगढ– सिगौंल सडकखण्डमा राष्ट्रिय वन क्षेत्रभित्र करिव १० बिगाहा क्षेत्रमा फैलिएको सो पोखरीको सरसफाई र संरक्षण गर्न सिगौलका अभियान्ता सर्जु थापाको अगुवाइमा स्थानीयले बिगत ३ महिनादेखि श्रमदानमार्फत डिलको झाडी र पोखरी सरसफाई गर्दै आएका छन् ।

सरसफाई कार्यक्रममा नगर प्रमुख सहित प्रशासकिय अधिकृत सुमन धिताल, वडा नंं ७ का वडा अध्यक्ष टेक बहादुर लामा, वडा नंं ६ का अध्यक्ष घनश्याम तिमल्सिना लगायत टोली निरिक्षणमा जानु भएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?