निजगढका सामुदायिक विद्यालयहरु एक सातासम्म बन्द हुने

                     
  नेपाल लेख   २०७९ भाद्र १०, शुक्रबार १५:४९

प्रेसशिलशिला खबर

२०७९ भाद्र १० (निजगढ)

नेपाल विद्यालय कर्मचारी परिषदको आह्वानमा निजगढ नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरु भोलि शनिवारबाट एक सातासम्म बन्द गरिने भएका छन् ।

आफूहरुलाई तलब र सेवा सुविधामा विभेद गरिएको भन्दै आन्दोलनरत विद्यालय कर्मचारीहरुको आज शुक्रवार वागदेव स्थित सार्वजनिक मा.वि.मा भएको बैठकले निजगढका सबै सामुदायिक विद्यालयहरु भोलि शनिवारबाट आगामी भदौं १८ गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको नेपाल विद्यालय कर्मचारी परिषद् बारा जिल्ला पूर्वउपाध्यक्ष एंव सार्वजनिक मा.वि बागदेवका लेखापाल नवराज गौतमले बताउनुभयो ।

केन्द्रीय समितिको निर्णय अनुसार आफूहरुले निजगढमा पनि बन्द आह्वान गरेको बताउदै विद्यालय बन्द गरेर कर्मचारीको आन्दोलनमा समर्थन जनाई दिन प्रधानाध्यापक र शिक्षकहरुसँग उहाँले अनुरोध पनि गर्नुभएको छ ।

विद्यालयका कर्मचारीहरुलाई पनि शिक्षकको सरह तलब, भत्ता र अन्य सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग गर्दै विद्यालयमा कार्यरत कर्मचारीहरुले भाद्र ५ गतेदेखि काठमाण्डौं केन्द्रीत आन्दोलन संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?