ईलाका प्रहरी कार्यालय निजगढद्धारा विभिन्न मुद्दाका फरार अपराधी पक्राउ गर्ने क्रम तिव्र

                     
  नेपाल लेख   २०७९ भाद्र १, बुधबार २३:३८

२०७९ भाद्र ०२ (निजगढ)

ईलाका प्रहरी कार्यालयले पछिल्लो समय विभिन्न मुद्दामा अदालतबाट कैद सजाय फैसला फरार अपराधिहरुलाई पक्राउ गर्ने क्रम तिव्र पारेको छ । जिल्ला अदालत बाराले तयार पारेर पठाएको फरार अपराधिको सूचीको आधारमा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी निरीक्षक सन्जिब ओलीले बताउनुभयो 

प्रहरीले पछिल्लो एक साताभित्र निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरका ओमप्रकाश (ओम) गुरो, सोही ठाउँ बस्ने बस्ने ५२ वर्षिय अधिराम गुरो, निजगढ ४ का रकेश माझी र जिल्ला रौतहट गुजरा नगपालिका जंगलसैया निवासी ६८ वर्षिय कृष्ण महत्तोलाई पक्राउ गरेर कारागार चलान गरेको हो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?