२०७९ साउन ०५ (पथलैया)
ट्राफिक प्रहरीले जाँचमा नयाँ प्रविधि प्रयोगमा ल्याएपछि कारबाही र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । मधेश प्रदेशमा विगतमा जाँचमा प्रयोग गरिएको ‘हैण्डहेड राडर गर्नुभन्दा पछि प्रयोगमा ल्याइएको ‘सिसी टिभी बिथ राडर गर्न प्रविधिले कारबाहीमा सहजता र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको हो । यो कार्यालयले मधेश प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्ग सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ । २०७८ फागुनदेखि ‘सिसीटिभी विथ राडर गर्न’ प्रयोगमा ल्याएको र यसले विगत आर्थिक वर्ष २०७७÷७८ को तुलनामा कारबाही सङ्ख्यामा २२५ र राजस्व सङ्कलनमा २२३ प्रतिशत वृद्धि भएको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो । प्रदेशका आठ जिल्लामध्ये हालसम्म महोत्तरीको गौरिडाँडा, सिरहाको लहान, सप्तरीको भारदह र बाराका निजगढ एवं पथलैयामा ‘सिसीटिभी विथ राडर गर्न’ जडान रहेका प्रनाउ भण्डारीको भनाइ रहेको छ ।