नेपाल महिला विकास संस्थाको बार्षिकोत्सव कार्यक्रम सम्पन्न

                     
  नेपाल लेख   २०७९ श्रावण ५, बिहीबार १५:१३

२०७९ साउन ०५ (निजगढ)

नेपाल महिला विकास संस्थाले एक कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको छ । संस्थाले निजगढ ८ स्थित कृष्ण प्रणामी मन्दीरको सभा हलमा कार्यक्रम गरेर स्थापनाको २६ औं बार्षिकोत्सव मनाएको हो । संस्थाकी अध्यक्ष इन्दीरा बरालको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, निजगढ नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा, नेपाल महिला विकास संस्थाकी सल्लाहाकार दुर्गा कोइराला, पुर्व नगर उपप्रमुख लिला देबी लामिछाने खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त दिएका थिए । सो अवसरमा संस्थाकी संस्थापक अध्यक्ष स्वर्गिय नेत्रकुमारी पौडेलको स्मरणमा २० हजारको अक्षयकोषको समेत स्थापना गरिएको जानकारी समेत दिइएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष पौडेलको सम्झनामा तस्बीरमा माल्यापर्ण पनि गरिएको थियो । कार्याक्रमको सन्चालन संस्थाकी सदस्य सरीता राईले गर्नुभएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?