प्रधानमन्त्री देउवा सहित गठबन्धनका शिर्ष नेता भोली निजगढ आउँदै ।

                     
  नेपाल लेख   २०७९ असार १७, शुक्रबार १५:५४

२०७९ असार १७ (निजगढ)

सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको भोली बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट बिहान ९ बजे प्रधानम्त्री शेरबहादुर देउवा सहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा आउन लागेको गठबन्धनका एक नेताले बताए । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल सहितका शीर्ष नेताहरू विमानस्थल निर्माण क्षेत्रको अवलोकनमा आउन लाग्नु भएको हो । वातावरण र पूर्वाधार विकास बीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माण क्षेत्रको भ्रमणमा आउन लाग्नु भएको हो । भ्रमण पछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने वा नबढाउने विषयमा सरकारले आवश्यक निर्णय गर्ने गठबन्धनका एक नेताले बतानुभयो । जैविक विविधता युक्त घनाजंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?