निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ

                     
  नेपाल लेख   २०७९ असार ११, शनिबार १६:४२

२०७९ असार ११ (निजगढ)

निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षीय लाल काजी रहेका छन् । प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको प्र.३–०२–०१०.प.३४९३ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय, बाराबाट प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित टेंडा रोडबाट लागुऔषध सहित तनहुँ जिल्ला अबुखैरहनी गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी वर्ष २१ का सुरेन गुरुङ पक्राउ परेका छन् । शंकाको आधारमा उनको शरीर खानतलासी गर्दा गुरुङको पाईन्टको गोजीबाट नाईट्रोभेट ट्याबलेट ३ पत्ता ५० पिस, डाईजेपाम २ एमपुल, नुफिन २ एमपुल, फेनारगन २ एमपुल फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङ्गलाई थुनामा राखेर अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?