पर्साका बालबालिकालाई फाइजर खोप लगाइने

                     
  नेपाल लेख   २०७९ असार ८, बुधबार १५:२३

२०७९ असार ०८ (वीरगन्ज)

पर्सामा बालबालिकालाई फाईजर खोप लगाइने भएको छ । बिहीवारदेखि जिल्लामा रहेका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाईजर खोप लगाउने तयारी भएको हो । स्वास्थ्य कार्यालय, पर्साले वीरगन्जको ओम् पार्टी प्यालेसमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा जिल्लाभरिका बालबालिकालाई कोरोना विरुद्धको खोप (फाइजर) लगाउने तैयारी गरेको जानकारी गराइएको छ ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार जिल्लाभरिका १४ वटा स्थानीय तहमा रहेका सामुदायिक विद्यालयमा खोप केन्द्र स्थापना गरि आसर ९ देखि १५ गतेसम्म अभियान सञ्चालन गर्ने जानकारी गराउनु भएको छ । बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा खोप केन्द्रको स्थापना गरि अभियान सञ्चालन गर्दा कोहि पनि नछुटने लक्ष्य लिएको उहाले बताउनुभयो ।

जिल्लाका १ लाख १ हजार ७५ जना बालबालिका फाइजर खोपबाट लाभन्वित हुने ठाकुरले बताउनु भयो । बालबालिकालाई खोप लगाउँन जिल्ला भरिका चार सय २ जना स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तालिम पनि सञ्चालन गरिसकेको ठाकुरले बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवल किशोर साहले फाइजर खोप ९१ प्रतिशत प्रभावरकारी रहेकोले कोरोनाको महामारीसँग लडन आफ्ना बालबालिकालाई लगाउन अभिभावकहरुसँग अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?