प्रेस शिलशिला
जेष्ठ २६ (निजगढ)
बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै बारा निजगढका सरोकार समिति सहितको टोलि यतिबेला डेलिगेसनका लागी बुधवार काठमाडौै पुगेका छन् ।
सर्वोच्चको फैसलाका कारण निजगढमा विमानस्थल निमार्ण नहुने आशंका व्यक्त गर्दै विभिन्न मन्त्री तथा दलका शीर्ष नेताहरूसँग भेटघाट गरि आफ्नो मागहरु पेस गरेका थिए ।
भेटबार्तामा पर्यटन मन्त्री प्रेम आले, अर्थ मन्त्री जनार्थन शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिडदेनलाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल निमार्ण गर्न तयार रहेको बताएका छन् । मन्त्री आलेले अर्थ मन्त्रालयले आवश्यक बजेट दिए तत्काल नै निमार्ण हुने बताउनु भयो ।
यस्तै अर्थ मन्त्री शर्माले आगामी चुनाव भन्दा अगाडी नै यो सरकारले नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको शिलन्यास गर्ने दाबी गदै पर्यटन मन्त्रालयले चाहेमा तत्काल टेन्डर आवान गर्न सक्ने र रकमको कमी भएमा अर्थ मन्त्रालयले त्यसको आवश्यक बजेटको उपलब्ध गराउने बताउनुभयो ।
यसै बार्तामा राप्रपाका अध्यक्ष लिडदेनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य कुनै बिकल्प नरहेको बताएका छन् । उहाँले कुनै पनि हालतमा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्नुपर्ने मा जोड दिनुभयो ।
त्यस्तै युक्त टोली भोली बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड लगायतका शिर्ष नेताहरुसँग कार्य तालिका बनाई भेटवार्ता गर्ने निर्मल बजगाईले प्रेसशिलशिला खबरलाई बताउनुभयो ।
डेलिगेसनका लागी निजगढबाट निजगढ सार्वजनिक सरोकार समिति संयोजक एक बहादुर श्रेष्ठ , युवा विद्यार्थी, स्वतन्त्र सरोकार समिति संयोजक जयराम कुवर, कोल्हबी सार्वजनिक सरोकार समिति संयोजक ढुण्डिराज उप्रेती, पूर्व मन्त्री तथा एमाले नेता पुरुषोतम पौडेल, एमाले नेता अच्युत मैनाली, निजगढ सार्वजनिक सरोकार समिति उपसंयोजक पदम बहादुर भण्डारी, नेपाली कांग्रेस बाराका जिल्ला सदस्य कृष्ण प्रसाद खरेल, राप्रपाका निजगढ नगर अध्यक्ष खड्क प्रसाद उप्रेती, नेकपा एसका निजगढ नगर अध्यक्ष भिमसेन प्रसाद सापकोटा, लोसपाका निजगढ नगर अध्यक्ष मोजहर मनसुर, निजगढ नगरपालिकाको निर्वतमान उपप्रमुख लिला देवी लामीछाने खनाल, यम बहादुर खड्का, अम्बिका प्रसाद चौलागाई , धनश्याम तिमल्सिना र निर्मल बजगाई लगायतको टोली काठमाण्डौँ गएका छन् ।