प्रेस शिलशिला
जेष्ठ २५ (वीरगञ्ज)
महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले वीरगञ्जका विभिन्न संरचनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् । वीरगञ्जको बसपार्क, डम्पिंग साइट र पानी प्रशोधन केन्द्रको मेयर सिंहसँगै उपमेयर इम्तियाज आलम, निमित्त प्रमुख प्रशासकिय अधिकृत अर्विन्दलाल कर्ण, वडाअध्यक्ष लगायतले अनुगमन तथा निरीक्षण गरेका हुन् ।
बसर्पाकको अनुगमन गर्दै मेयर सिंहले सबै काउन्टरलाई व्यवस्थापन गरेर काउन्टरबाट मात्रै टिकट काट्ने र यात्रु चढाउने एवम् झार्ने गर्न निर्देशन दिएका छन् । साथै जथाभावी सडकमा भिडभाड नगरेर बसपार्कको खाली ठाउँमा पार्किंग गर्न पनि निर्देशन दिएका छन् । बसपार्कको शौचालय पनि व्यवस्थित गर्नुपर्ने मेयर सिंहको भनाई छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा निर्मित फोहोर व्यवस्थापन केन्द्र (डम्पिंग साइट) को पनि अनुगमन गरिएको छ । डम्पिंग साइटको केही भाग भत्किएको हुँदा मर्मत गर्न निर्देशन दिँदै त्याहाँ थन्किएर बसेको ट्रकलाई प्रयोग गर्नुपर्ने बताएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित पानी प्रशोधन केन्द्रको पनि सोही टोलीले अनुगमन गरेको छ । पानी प्रशोधन केन्द्रको अनुगमनका क्रममा त्याहाँ रहेको जेनेरेटरलाई महानगरमा ल्याएर महानगरको केन्द्रमा लिने बताइएको छ ।
अनुगमनमा मेयर सिंहसँगै उपमेयर आलम, निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्ण, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु लगायत सहभागी रहेको अनुगमनमा सहभागी शेष कुमार हजराले जानकारी दिए ।