प्रेस शिलशिला
जेष्ठ १९ (महोत्तरी)
महोत्तरीका एक जना प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
एकडारा गाउँपालिकास्थित श्री माविका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको बेलामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले जलेश्वर न.पा.–२, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथिा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।