प्रेस शिलशिला
जेष्ठ १९ (जनकपुरधाम)
नेपालको एक मात्र रेल आगलागी हुनबाट जोगिएको छ ।
बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा जयनगरबाट कुर्थातर्फ आउने क्रममा जगनगरको १ नम्बर गेटबाट निस्केको केहि बेरमै रेलको एउटा बग्गीबाट धुँवा निस्किन थालेको थियो ।
बग्गीको सामान राख्ने ¥याकमा राखेकोे एसिड पोखिएपछि धुवाँ निस्किन थालेको नेपाल रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । धुवाँ निस्के पनि आगलागी हुन नदिएर तत्कालै नियन्त्रणमा लिइएको उनले बताए । ‘ठूलो क्षति हुनबाट जोगिएको छ’ झाले भने ‘प्रहरी तथा रेल्वे कर्मचारीले तत्कालै नियन्त्रणमा लिएपछि आगलागी भएन् । नभै ठूलै क्षति हुने अवस्था थियो ।
धुवा निस्केर आगलागी हुने सम्भावना देखिएपछि बग्गीमा सवार यात्रुबीच भागाभागको स्थिति बनेका थियो ।
रेलभित्र पोखिएको एसिड बोकेर एक जना पुरुष फरार भएका छन् । सोही बग्गीमा ५ किलोको सानो ग्यास सिलिण्डर पनि राखिएको थियो । रेलमा एसिड ग्याँस जस्ता प्रज्वलनशील पदार्थ लिएर यात्रा गर्न पाइँदैन् ।
एकै सिटमा बसेका दुई महिला र एक पुरुषमध्ये पुरुष भागेपछि शंकाको आधारमा दुई जना महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिई नेपालको सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ । यसबारे अन्य अनुसन्धान भइरहेको महाप्रबन्धक झाले बताए ।