जेष्ठ १० (काठमाण्डौं)
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि लगानीको ढाँचा टुंगो लगाउने भएको छ । आर्थिक वर्ष २०८०/०८१ बाट निर्माण कार्य सुरू गर्ने गरी निजगढ विमानस्थलको लगानी तथा ढाँचा टुंगो लगाउने भएको हो । हिजो संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यही वर्ष भित्रमा लगानीको ढाँचा टुंगो लगाई निर्माणको काम अगाडि बढाउने बताउनुभएको हो । सरकारले विद्युत् महसुलमा पुनरावलोकन गर्ने भएको छ ।
त्यसैगरी आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत् खपत बढाउन र ग्यासको खपत कम गर्न विद्युत् मसहुलको पुनरावलोकन गरिने बताउनुभयो । यस्तै विद्युत् उत्पादन, प्रसारण र वितरणको संयोजन गर्ने, विद्युत् खपत गर्ने र धेरै भएको निर्यात गर्ने, जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकता दिने उल्लेख छ । दुई वर्षभित्र सबै पालिकामा विद्युतीकरण गर्न लगानी वृद्धि गरिने, विपन्न वर्गका लागि निःशुल्क विद्युत् मिटर जडान गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।