निजगढमा गठबन्धनलाई उछिन्दै एमालेका मेयर पुरी र उपमेयर थिङ बिजयी

                     
  नेपाल लेख   २०७९ जेष्ठ ४, बुधबार १०:४४

जेष्ठ ०४ ( बिपिन अधिकारी )

निजगढमा गठबन्धनलाई उछिन्दै एमालेका मेयर पदका सुरथ पुरी र उपमेयर पदका सोममाया थिङ (मुना) विजयी भएका छन् । गठबन्धकबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल र माओवादी केन्द्रका रविराज दंगाललाई पराजित गर्दै पुरी र थिङ विजयी भएका हुन् ।

एमालेका मेयर पदका उम्मेदवार सुरथ पुरीले ९ हजार ४ सय ७५ मत प्राप्त गरे भने गठबन्धकबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुरेश कुमार खनालले ८ हजार ८ सय २३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उपमेयर पदका उम्मेदवार सोममाया थिङ (मुन्ना) ले ८ हजार ६ सय ५९ मत प्राप्त गरिन भने गठबन्धनका (माओवादी केन्द्र) का रविराज दंगालले ८ हजार ५ सय १८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका मेयर पदका उम्मेदवार पुरीले ६ सय ५२ बढी मतले विजयी भएका हुन् भने उपमेयर पदका उम्मेदार थिङले १ सय ४१ बढी मत प्राप्त गरि भारी मतका साथ विजयी भएका छन् ।

त्यस्तै नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा वडा नं. ३, ५, ६,७ र १० वडाहरुमा विजयी भएको छ भने गठबन्धन तर्फबाट वडा नं.१, २, ४, ८, ९, ११, १२ र १३ वडाहरुमा बिजयी भएका छन् ।

 

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?