सरस्वतीलाई पहिलो महिला मेयर बन्न आशिर्वाद दिदै नगरबासी

                     
  नेपाल लेख   २०७९ बैशाख १९, सोमबार १४:१६

सिमरा । स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सरस्वतीदेवी चौधरीलाई जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो मेयरको रुपमा हेर्न नगरबासीनै उत्साहित देखिएका छन् ।

चुनावी अभियानका क्रममा मतदातामाझ पुगेकी चौधरीलाई नगरबासीले मेयरमा निर्वाचित भएर ईतिहास रच्न भन्दै शुभकामना दिन थालेका छन् ।

आफ्नो प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुगेकी चौधरीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ का स्थानियले उत्साहित हुदै स्वागत गरे । स्थानियले चौधरीलाई जिताउन अभियाननै चलाएका छन् ।

"उहाले उपमेयर भएर धेरै राम्रो काम गनुभएको छ । अब हामी उहालाइै मेयर बनेको हेर्न चाहन्छौ" स्थानिय सुबिला खातुनले भनिन् "उहालाईलाइ मेयर बनाउन हामी गाँउका महिला सबै एक भएर लागेका छौ ।"

स्थानियको घरघरमा पुगिरहेकी उम्मेदवार चौधरीले आफु बिजयी भएर नगरबासीलाई प्राथकितामा राखेर काम गर्ने बताएकी छिन् । घरदैलोकै क्रममा सोमबार टांगियाबस्ती पुगेकी चौधरीलाई स्थानियले मेयर जिताउने प्रतिबद्धता सहित शुभकामना दिएका थिए ।

"उपमेयर भएर काम गर्दा टांगियाबस्तीका बासिन्दालाई प्राथमिकतामा राखेको काम गर्नुभएको छ" स्थानीय रिता दोङले भनिन्" अब टांयिाबस्तीको मुहार फेर्न उहालाई जिताउनुपर्छ ।"

घरदैलोमा एमालेका तीन सय भन्दा बढी नेताकार्यकर्ताको उपस्थिती रहेको थियो । वडाध्यक्षका उम्मेदवार हरिदेव खरेलसहित टोली घरदैलोमा पुगेको थियो । यसैगरी छातापिपराकी सञ्जु चौधरीले मेयर उम्मेदवार चौधरीलाई पहिलो महिला मेयर बनेको हेर्न आफूहरु निकै उत्साहित रहेको बताईन् ।

थारु, मधेसी र महिलाको प्रतिनिधित्व गर्दै जीतपुरसिमरा उपमहानगरको मेयरको उम्मेदवार बनेकी चौधरीलाई जित दिलाउन नगरका टोलटोलमा महिलाहरु सक्रिय भएर लागेको एमाले जीतपुरसिमरा परिचालन कमिटी संयोजक मनोज पौडेलले जानकारी दिएका छन् ।

Ôनगरबासी धेरै उत्साहित भएर लाग्नुभएको छ । महिलाहरु अझ बढी खुशी हुनुहुन्छÕ पौडेलले भने Ôजीतपुरसिमराले पहिलो महिला मेयर पाउने लगभग निश्चित जस्तै भएको हामीले महसुस गरेका छौं ।Õ

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?