लागुऔषध गाँजा १ सय ५० किलो सहित दुई जना पक्राउ

                     
  नेपाल लेख   २०७९ बैशाख १४, बुधबार १६:००

बैशाख १४ (बारा)
नेपालबाट भारत तर्फ बोकि लगिरहेको लागुऔषध गाँजा सहित दुई जनालाई बारा प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरी चौकी मटिअर्वा बाराबाट खटीएको प्रहरी गस्ती टोलीले जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.१० निलकण्ठवा टोल स्थित नेपाल भारत सिमाना नजिकै सडकमा लागुऔषध गाँजा सहित नियन्त्रणमा लिइएको बाराको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । लागुऔषध गाँजा १ सय ५० किलो सहित भारत बिहार मोतिहारी जिल्ला संग्रामपुर ग्राम पंचायत निवासी बर्ष ३५ को अजित पासवान र सोही ठाउँ बस्ने बर्ष ६० रामदर्शन महतोलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । १२ जना व्यक्तिहरूको समूहले नेपालबाट भारततर्फ १० वटा पोकामा अवैध लागू औषध गाजाँ बोकी लगी रहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिन खोज्दा केही व्यक्तिहरू बोकी आएको लागू औषध गाँजाको पोका फाली भागी फरार भएको र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । लागुऔषध गाँजा सहित पक्राउ परेको दुबैजनालाई लागुऔषध मुद्दामा अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?