बैशाख १३ (निजगढ)
निजगढ नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट सुरथ पुरी र उपमेयरमा सोममाया थिङले सोमबार उम्मेदवारी दर्ता गराउनुभएको छ । निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा पुरी र उपमेयरमा थिङले उम्मेदवारी दर्ता गराउनुभएको हो । एमालेको तर्फबाट मेयर पदमा मनोनयन पत्र दर्ता गराउनुभएका पुरी नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ । त्यसैगरी गठबन्धनको तर्फबाट कांग्रेशका सुरेश खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनले उपमेयरमा माओवादीका रवि दङ्गाललाई उम्मेदवार बनाएको छ । राप्रपाबाट भने मेयरमा सावित्री भारती र उपमेयरमा बासुदेव तिमल्सिना उम्मेदवार बन्नुभएको छ । उता जसपाबाट सुरेश रुम्बा मेयर पदमा उम्मेदवार बन्नुभएको छ । नेकपा एकीकृत समाजवादीले भने दिनेश हुमागाईलाई उम्मेदवार बनाएको छ । सामाजिक एकता पार्टीबाट बेद प्रसाद थापा मगरको पनि उम्मेदवारी परेको छ । नेकपा मालेबाट शंकर चिमोरिया र उन्नत लोकतन्त्र पार्टीबाट गीता मैनालीले आइतवार नै मनोनयन पत्र दर्ता गराउनुभएको थियो ।
त्यसैगरी वडा अध्यक्षमा १३ जनाले उम्मेदवारी दिएका छन । वडा नम्बर १ बाट दिनेश गुरो, वडा नम्बर २ बाट केशव ढोडारी, वडा नं.३ बाट गोकुल तिमल्सिना, वडा नं.४ बाट जयराम कँुवर, वडा नं.५ बाट सुर्य बहादुर थापा मगर, वडा नं. ६ बाट घनश्याम तिमल्सिना, वडा नं. ७ बाट टेकबहादुर लामा, वडा नं. ८ बाट भोला प्रसाद गौतम, वडा नं.९ बाट गणेश बहादुर श्रेष्ठ, वडा नं.१० बाट आशाकाजी श्रेष्ठ, वडा नं.११ बाट बाबुराम स्याङ्गतान, वडा नं. १२ बाट युवक मुक्तान र वडा नम्बर १३ बाट कमान सिंह थिङ्गले एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी गठबन्धनमा रहेको नेपाली कांग्रेशले ९ वटा र माओवादीले ४ वटा वडाबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । कांग्रेशबाट थप ९ जनाले नै बागी उम्मेदवारी दिएका छन् । निजगढ नगरपालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट समेत गरी मेयर पदमा १०, उपमेयरमा ७, वडा अध्यक्षमा ५६ र वडा सदस्यमा १६३ गरी जम्मा २३६ जनाले मनोनय पत्र दर्ता गराएको निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताउनुभयो ।