बैशाख ०४ (काठमाडौँ )
आफूलाई निलम्बन गर्ने सरकारी निर्णयविरुद्ध नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको निवेदन दर्ता भएको छ । कुनै जानकारी नै नदिई आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेज गर्नुपर्ने माग गर्दै अधिकारी सर्वोच्च अदालत पुगेका हुन्।
निलम्बन खारेजीको माग गर्दै गभर्नर सर्वोच्चमा
सर्वोच्चका प्रवक्ता विमल पौडेलले अधिकारीको निवेदन दर्ता भएको जानकारी दिएका छन्। छानबिनका लागि भन्दै सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको छ
गभर्नरलाई गरिएको कारबाहीको विरोध
प्रतिशोध राखी सरकारले आफूलाई निलम्बन गरेको भन्दै अधिकारीले रिटमा उक्त निर्णय खारेजीको मागदाबी गरेका छन् ।