बैशाख ०३ (निजगढ)
निजगढ नगरपालिका वडा नम्बर ९ नदीकट्टमा शनिवार दिउँसो अचानक आगलागी हुँदा करिव ७ बिघाहा क्षेत्रफलमा लगाइएको केराबारी जलेर नष्ट भएको छ । आगलागीबाट करिब २१ लाख बराबरको क्षेती भएको छ । स्थानीय किसानहरु राजकुमार पहरी, चित्रप्रसाद चौलागाई, पुर्णबहादुर खडका, टेकबहादुर अस्थानी लगायत दर्जनौं किसानको केराबारीमा तल पातमा आगलागी भएपछि फल्न लागेको केरा क्षेत्री भएको हो । स्थानीयले केराको थम्बा र पानी प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको स्थानीय मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । आगो केराको बोटको माथिल्लो भागसम्म लागेको केराको बोट पूरै सुकेको स्थानीय श्रेष्ठले बताए ।