बारामा एसईई परीक्षाका लागि ३४ केन्द्र

                     
  नेपाल लेख   २०७८ चैत्र २५, शुक्रबार १४:४६

चैत्र २५ (बारा)
२०७९ वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि बारा जिल्लामा परीक्षा केन्द्र तोकिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बाराले सूचना प्रकाशन गर्दै कुल ३०१ विद्यालयको लागि ३४ वटा परीक्षा केन्द्र तोकिएको जनाएको हो ।
निजगढ नगरपालिकामा भने निजगढ वडा नम्बर ८ को गौरीशंकर मा.वि र वडा नम्बर ६ को गौरीशंकर मा.वि.मा परीक्षा केन्द्र तोकिएको छ । गौरीशंकर मा.वि निजगढ ८ केन्द्रमा सार्वजनिक मा वि बागदेब, ने.रा.मा.वि लाल, ने.रा.मा.वि सिंगौल, ने.रा.मा.वि रतनपुरी र होली इन्जेल्स बोडिङ्ग स्कुल परेका छन । त्यसैगरी गौरीशंकर मा.वि सडकटोल केन्द्रमा गौरीशंकर मा.वि निजगढ ८, नेत्रोदय मा.वि, अन्जु आदर्श र विद्यासागर बोडिङ्ग स्कुलका छात्रछात्राले परीक्षा दिनेछन ।
कोरोना महामारीका कारण विगत २ वर्षदेखि होम सेन्टरमा हुदै आएको माध्यमिक शिक्षा एसईई परीक्षा यो वर्षदेखि भने छुट्टै विद्यालयमा परीक्षा केन्द्र तोकेर गर्न लागिएको हो । देशभर कोरोना संक्रमण घटेर जनजीवन सामान्य बनेपछि राष्ट्रिय परीक्षा बोर्डद्धारा सञ्चालन हुने परीक्षा केन्द्र तोकिएर गर्न लागिको हो ।
यस वर्ष एसईई परीक्षामा बारा जिल्लामा ८ हजार ८ सय २४ विद्यार्थी सहभागी हुने छन् । ती मध्ये नियमित तर्फ ८३४५ विद्यार्थी, प्राबिधिक तर्फ २९६ विद्यार्थी, ग्रेड वृद्धि तर्फ १८३ विद्यार्थी रहेका छन ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?