चैत्र १९ (निजगढ)
स्थानीय तह निर्वाचनको लागि बारा जिल्लामा २ सय ७८ वटा मतदान स्थल स्थापना गरिने भएको छ । बाराको १६ वटै स्थानीय तहमा मतदातालाई सहज एव पायाक पर्ने ठाउँ मिलाएर जम्मा ५ सय २२ वटा मतदान केन्द्र स्थापना हुने निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने भएकोले त्यसको मध्यनजर गर्दै निर्वाचन आयोगले तयारी गरिरहेको निर्वाचन कार्यालय प्रमुख चौधरीले बताउनुभयो । बारामा ४ लाख नयाँ मदताता थपिएको पनि उहाँले जानकारी दिनुभयो । प्रमुख चौधरीका अनुसार आदर्श कोतवाल गाउँपालिकामा १५ हजार ७ सय १३, करैयामाईमा १६ हजार ६ सय ६०, कलैया उपमहानगरपालिकामा ७० हजार ३ सय ५६, जितपुरसिमरा उपमहानगरपालिकामा ७० हजार ८४, कोल्हबी नगरपालिकामा २८ हजार ९ सय ८६, देवताल गाउँपालिकामा १४ हजार ६ सय २८, निजगढ नगरपालिकामा २८ हजार ३ सय ७६, बारागढी गाउँपालिकामा १६ हजार ६ सय ४०, महागढीमाईमा ३२ हजार ४ सय ५४, सिम्रौनगढ नगरपालिकामा २९ हजार ४ सय २४, सुवर्ण गाउँपालिकामा १७ हजार ६ सय ३६, पचरौता नगरपालिकामा १९ हजार ८ सय ४३, परवानिपुर गाउँपालिकामा १४ हजार ३ सय ७१, प्रसौनी गाउँपालिकामा १६ हजार १ सय ५८, फेटा गाउँपालिकामा १६ हजार ७ सय २६ र बिश्रामपुर गाउँपालिकामा १५ हजार ४ सय ९२ जना मतदाताहरु रहेका छन । स्थानीय तहमा रहेको मतदाताहरुको संख्याको आधारमा मतदान स्थल र मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।