चैत्र १९ (निजगढ)
ईलाका प्रहरी कार्यालय निजगढले ज्यान मार्ने उद्योगमा फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको जितपुरसिमरा उपमहानगरपालका वडा नम्बर १६ टाँगियावस्तिका वर्ष ३० का दिप आलेलाई हिजो बिहान पक्राउ गरेको हो । आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा आलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो । आलेलाई हिजो नै जिल्ला अदालत बारामा बुझाइएको उहाँले बताउनुभयो । स्थानीय बुधमाया कामिनीले दिएको जाहेरीको आधारमा ०७७ साल चैत्र ३० गते जिल्ला अदालत बारामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि आले फरार रहदै आएका थिए ।