कहाँ छिन बिना ?

                     
  नेपाल लेख   २०७८ असार २६, शनिबार ०१:३०


सरिता पौडेल
असार २५, चितवन ।
असार १४ गते साँझ साढे ४ बजे साथीसंग घरबाट निस्किएकी गैडाकोट नगरपालिका ४ की बिना सापकोटा अझै सम्पर्कमा आउन सकेकी छैनन् । आधा घन्टाका लागि भनेर निस्किएकी छोरी नआउंदा उनको परिवारमा सन्नाटा छाएको छ । छोरीको बाटो कुरेर बसेकी आमा रिता सापकोटाका आँखा ओभाना छैनन् । कोही नयाँ मान्छे घरतर्फ आए छारी नै आइ कि भनेर नियाल्छिन् । २१ बर्षीय बिनालाई उनकी प्रेमी भनिएका प्रवेश कडेंल र प्रवेशसंग जोडिएकी भरतपुर ८ कि कुसुम ढकालले नै बेपत्ता बनाएको आमा रिताको आरोप छ । “मेरो छोरीलाई प्रवेश र कुसुमले नै बेपत्ता बनाएका हुन्,मेन जरो कुसुम नै हो उनले भनिन् । नानीलाई जस्ताको तस्तै ल्याइदिउन् ,हामी कसैलाई उजुरी गर्दैनौ । हामीलाई हाम्री छोरी चाहिएको हो। ”
बाबा आमा, इष्टमित्र, सबैलाई छाडेर प्रवेशलाई नै माया गरेर बसेकी छोरी हो । रिताले भक्कानिदै भनिन् अन्धविश्वासमा परि, अहिले यो अवस्था आयो । आमा रिताका अनुसार बेलुका साढे ४ बजे प्रवेशले रितालाई आधा घन्टापछि आउंछौ भनेर घरबाट लिएर गएको हो । घटना बुझ्दै जाँदा उनीहरु दुवैजना कुसुम ढकाल भन्नेको घर भरतपुर ८ गौरीगञ्जमा गए । त्यहाँ कुसुम संग प्रवेशको विषयलाई लिएर भनाभन भयो । कुसुमले प्रवेश र आफ्नो व्यक्तिगत भिडियो देखाएपछि बिना ढलिछ । बिनालाई कुसुमको भाई सहितले बोकेर उनीहरुकै घरमा निलो कलरको गलैचामा सुताएका हुन् रे । कुसुमकी आमाले झारफुक गर्ने तन्त्रमन्त्र जानेकी रहिछन् पानी फुकेर खान दिएपछि नानी उठिछ ।
आधा घन्टापछि प्रवेशले एक्कासी बिना ढलिन् भनेर भिडियो कल गर्यो । हामीले आत्तिदै कहाँ छौ भन्दा चउरमा भन्यो तर ठेगाना भनेन । हामी आत्तियौ । नानीको फोन फुटिसकेको रहेछ । प्रवेशको फोनमा निरन्तर फोन हानिरह्यौ ।नानीले एकपटक बाबा यसको फोनमा फोन नगर्नु भन्दै बोली त्यसपछि नानीसंग संवाद भएन । प्रवेशले नै नआत्तिनु अहिले ठिकै छ हामी आउंदैछौ भनेको थियो । चौविसकोठीमा आएपछि प्रवेश एटीएममा पैसा निकाल्न छिर्यो रे त्यहि बेला नानी हराई भन्यो ।
बोल्दाबोल्दै छोरीलाई फिल्मी शैलीमा बेपत्ता बनायो आमा रिताले रुर्दै जिकिर गरिन् ।
बिनाको खोजीमा उनको परिवार पनि दिनरात नभनी उत्तिकै लागेको छ, साथीभाई इष्टमित्र चिनेजानेका सबैतिर खोजीसके , तर कतै पत्तो लागेको छैन । छोरीको खोजी गर्दै उनकी आमासहित आज कुसुमको घर गौरिगञ्ज गएका थिए । झ्यालमा कुकुर बाँधेर राखेको रहेछ यहाँ आउन मिल्दैन भन्दै हामीलाई भित्र छिर्नसमेत दिएनन् । त्यहिका गाउँलेहरुले प्रवेशले बिनालाई बाटोमा पिट्दै आएको भनेका थिए , आमाले भनिन् ।
बिना र प्रवेशको ५ बर्षदेखि प्रेम सम्बन्ध थियो । सानै उमेरमा प्रेममा परेपछि छारीको पढाई विग्रने डरले परिवारले १ बर्ष प्रवेससंग सम्पर्कमा आउने दिएका थिएनन्। पछि केटो लन्डन गएपछि बिनाका साथीहरुको माध्यमबाट पुन उनीहरु जोडिएका थिए । उनीहरुको प्रेमबारे दुवै परिवारलाई थाहा थियो । दुवै परिवार विहे गर्न सहमत थिए । तर केटो लन्डनबाट आएपछि भने केटाको परिवारले ८० सालमा मात्र छोराको विहे गर्ने अडान लिएको थियो । बिहे गर्ने अवस्थामा पुगेका विना र प्रवेशले पेपर म्यारिज गरेर बस्ने र परिवारले भनेको समयमा सामाजिक रितीरिवाज अनुसार विहे गर्ने मनस्थितीमा थिए । विनाका आमा रिताले छोरीको नागरिकता समेत प्रवेशसंग भएको बताउछिन्।पेपर म्यारिज गर्ने भनेर नागरिकता लिएर गएको हो नानीको नागरिकता उतै प्रवेशको घरमा छ अहिले पनि रिताले भनिन् ।
छोरीले कुनैपनि हालतमा प्रवेशलाई छोड्न नसक्ने बताएपछि उसको खुसी मार्न सकिएन, सम्बन्ध स्वीकार गर्यौ, छोराजस्तो व्यवहार गरि राखियो अहिले यो अवस्था आयो ।
विनाको खोजीकार्य तिव्र पार्न महिला अधिकारकर्मीहरुले निरन्तर प्रशासनलाई दवाव दिइरहेका छन् । विभिन्न संघसंस्थामा लामो समयदेखि काम गरिरहेका अधिकारर्मी र पेशाकर्मीहरुको टोली आज बिनाको परिवारलाई भेट्न गैडाकोट पुग्यो । टोलीमा गैडाकोट नगरपालिकाका उपप्रमुख पनि साथमै हुनुहुन्थ्यो । परिवारलाई सान्त्वना दिदैं आर्दश नारी विकास के्रन्द्रकी अध्यक्ष एवं यौनजन्य हिंसा विरुद्ध साझा अभियान चितवनकी संयोजक महिला अधिकारकर्मी मीना खरेलले बिनाको खोजीलाई तिव्र बनाउन आफुहरुले प्रशासनलाई दबाब दिइरहेको बताउनुभयो । राप्ती की सुजिता भण्डारीको घटनाले पनि प्रहरीलाई थप दबाब पुगेको छ उहाँले भन्नुभयो,नानी सकुशल आउंछिन् मन दरो बनाउनुहोला ।
उता, घटनाका मुख्य दोषी भनिएका प्रवेश कडेल अनुसन्धानको घेरामा छन्। केटालाई अभद्र व्यवहारको मुद्धा चलाइएको छ । चितवनको पहिलो अधिबक्ता फुलमाया रानाभाट प्रहरीले परिस्थितीजन्य प्रमाण खोजिरहेको र केटालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेकाले परिणाम सकरात्मक आउन सक्ने विश्वास व्यक्त गर्नुहुन्छ । टोलीमा संगै हुनुभएकी गैडाकोटा महानगरपालिका उपप्रमुख विष्णुकुमारी कडेँलले स्थानीय तहले पनि यस घटनालाई गम्भिर रुपमा लिएको र प्रहरी प्रशासनलसंग समन्वय गरिरहेको बताउनुभयो । टोलीमा यौनजन्य हिंसा विरुद्ध साझा अभियान चितवनकी सहसंयोजक संगिता भट्टराई,आर्दश नारी विकास केन्द्रकी उपाध्यक्ष उषा खरेल सुवेदी, मौलाकालिका अस्पतालकी मन्जु सिंखडा, पत्रकारहरु गोरखापत्रका लागि चितवन संवाददाता शान्ता अधिकारी, प्रतिमा सिलवाल, सरिता पौडेल, आर्दश गृहकी आमा भीमकुमारी जिसि थिए ।
यसैबीच,
विनाको सम्बन्धमा सामाजिक सञ्जालमा भ्रामक समाचारहरु आइरहदाँ परिवारलाई थप पीडा भएको छ । छोरी नभेटिनुको पीडामा रहेकी उनकी आमा रिता सापकोटालाई डमीजस्तो बनाएर नाटकीय पारामा भिडियो बनाउदै केही सामाजिक अभियन्ता भनाउंदाहरुले अपलोड पनि गरिरहेका छन् । हुन त विनाको विषयमा मुलधारको मिडियाले पनि समाचार नलेखेको होइन तर जवरजस्ती छोरीको अभावमा रोइरहेकी आमाको आँसुलाई फोकस गरि विनाको खोजीकार्यमा सहयोग पुर्याउने नभई मानवीयताको ख्यालै नगरी भिडियोहरु बनाइदाँ थप पीडा भएको छ । यस्ता क्रियाले अनुसन्धानमा समेत प्रभाव परिरहेको चितवनका प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले बताए ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?